Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

त्रिविद्वारा स्नातक तह चौथो वर्षको परीक्षाको तालिका सार्वजनिक

त्रिविद्वारा स्नातक तह चौथो वर्षको परीक्षाको तालिका सार्वजनिक

  • मंगलवार, माघ २४ २०७९

  • 367
    SHARES

  • त्रिविद्वारा स्नातक तह चौथो वर्षको परीक्षाको तालिका सार्वजनिक

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षाको तालिका सार्वजनिक गरेको छ।

    परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन्।

    चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय त्रिवि कार्यकारी परिषदले गरिसकेको छ। यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेको थियो।

    तर विद्यार्थीहरुले स्ववियु निर्वाचन लगत्तै परीक्षा सन्चालन गर्नुको सट्टा केही दिन पछि सारिदिन आग्रह गरेका थिए।

    त्यसपछि पूर्व निर्धारित मितिभन्दा मिति दुई दिन पछि सारेर त्रिविले परीक्षा तालिका सार्वजनिक गरेको हो। संशोधित तालिका अनुसार बीएससी र बीएडका परीक्षा चैत १२ देखि तथा बीबीएसको परीक्षा चैत १३ गतेदेखि सन्चालन हुनेछन्।


    मंगलवार, माघ २४ २०७९१०:१३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij