Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पल शाहलाई १५ दिनभित्र झिकाउन उच्च अदालतको आदेश

पल शाहलाई १५ दिनभित्र झिकाउन उच्च अदालतको आदेश

  • सोमवार, माघ २३ २०७९

  • 339
    SHARES

  • पल शाहलाई १५ दिनभित्र झिकाउन उच्च अदालतको आदेश

    काठमाडौं।उच्च अदालत पोखराले अभिनेता पल शाहविरूद्धको बाल यौन दुराचारको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश दिएको छ।उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले शाहलाई १५ दिनभित्र झिकाउने आदेश भएको जानकारी दिनुभयो।

    उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले शाहविरुद्ध मुद्दामा सुनुवाइ गर्दै सोमबार प्रत्यर्थी झिकाउने आदेश दिएको हो।नाबालिगलाई बालयौन दुराचार गरेको आरोपमा जिल्ला अदालत नवलपरासीले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।

    सो फैसलाविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। नाबालिग गायिकामाथि बलात्कारको आरोपमा शाहमाथि जिल्ला अदालत नवलपरासी र जिल्‍ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो। बलात्कार आरोपमा गत फागुन १५ गते पक्राउ परेका शाह हाल तनहुँ कारागारमा छन्।


    सोमवार, माघ २३ २०७९०५:४१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij