काठमाडौं। काठमाडौंको डल्लुमा ट्यांकरको ठक्करले एक बालिकाको मृत्यु भएको छ। आज बिहान डल्लुको चामुण्डा स्कुल नजिकै बा ३ ख ५३६१ नम्बरको ट्यांकरले साइकल चलाइरहेका बेला ठक्कर दिँदा ५ वर्षकी बालिका रियानी देउलाको मृत्यु भएका प्रहरी वृत्त स्वयम्भूका डीएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो।
भक्तपुर घर भएका बालिकाको परिवार डल्लुमा भाडामा बस्दै आएका थिए। उनीहरु बस्ने घरको छिमेकी घरमा पानी खन्याएर फर्किँदै गरेको ट्यांकरले सडकमा साइकल चलाइरहेकी बालिकालाइृ ठक्कर दिएको प्रहरीले जनाएको छ ।