Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फेरि फेला पर्यो बर्डफ्लू संक्रमण : काठमाडौंका यी ठाउँका कुखुरा नष्ट गरियो

फेरि फेला पर्यो बर्डफ्लू संक्रमण : काठमाडौंका यी ठाउँका कुखुरा नष्ट गरियो

  • सोमवार, माघ २३ २०७९

  • 471
    SHARES

  • फेरि फेला पर्यो बर्डफ्लू संक्रमण : काठमाडौंका यी ठाउँका कुखुरा नष्ट गरियो

    काठमाडौं।काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।

    मन्त्रालय स्रोतकाअनुसार गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएपछि त्यहाँको पन्छी नष्ट गरिसकिएको छ ।

    यस्तै, नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा पनि बर्डफ्लू संकमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। त्यहाँ फर्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ ।

    तारकेश्वरमा बर्डफ्लू पुष्टि भएको ठाउँमा अहिले पन्छी नष्ट गर्ने काम जारी रहेको मन्त्रालयले जनाएको छ ।


    सोमवार, माघ २३ २०७९०४:१६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij