Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

जलविनायक कोलोनीमा २१ दिनसम्म १५ लाख छुटमा घर पाइने

जलविनायक कोलोनीमा २१ दिनसम्म १५ लाख छुटमा घर पाइने

  • सोमवार, माघ २३ २०७९

  • 412
    SHARES

  • जलविनायक कोलोनीमा २१ दिनसम्म १५ लाख छुटमा घर पाइने
    काठमाडौं । चोभारमा रहेको जलविनायक कोलोनीमा हाउजिङको बिक्री सुरु भएको छ । सिद्धार्थ ग्रुप अन्तर्गतको सिद्धार्थ हाउजिङ एण्ड डेभलपर्स प्रा ली ले विकास गरेको उक्त हाउजिङको निर्माण सम्पन्न भएसँगै बुकिङका लागि खुला भएको हो । शनिबार नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल उक्त कोलोनीको औपचारिक उद्घाटन गरेका छन् । 

    उक्त कोलोनी बल्खु चक्रपथबाट ४ किलोमिटर दूरीमा रहेको ४६ रोपनी जग्गामा फैलिएको उक्त हाउजिङमा ८५ वटा प्लटहरू निर्माण गरिएको छ । त्यसमध्ये २४ वटा प्लटमा कम्पनीले घर बनाएको छ भने बाँकी प्लटिङ मात्रै गरेको छ । यीमध्ये हाल १४ वटा प्लट र १९ वटा हाउजिङको बुकिङ खुला गरिएको छ । बाँकी प्लट तथा घरहरू भने निर्माणाधीन अवस्थामै बुकिङ भइसकेको कम्पनीले जनाएको छ । 

    उक्त हाउजिङ चोभार–दक्षिणकाली मूल सडक खण्डबाट करिब ५०० मिटर पश्चिममा छ । कोलोनीमा २० देखि २६ फिटको बाटो कायम गरिएको कम्पनीले जनाएको छ । कोलोनी क्षेत्रभित्र करिब २.५ रोपनीको खुला क्षेत्र छाडिएको छ । सो क्षेत्रमा ब्याडमिन्टन तथा टेबलटेनिस कोर्ट रहेको कम्पनीले जनाएको छ । 

    उद्घाटन समारोहमा कम्पनीका प्रबन्ध निर्देशक जगदीश कुमार अग्रवालले व्यवस्थित आवास निर्माणको आफ्नो समूहको लामो अनुभव रहेको बताए । प्रबन्ध निर्देशक अग्रवालले सिद्धार्थ हाउजिङले यसअघि काठमाडौं उपत्यकाभित्र धापासीमा ११४ रोपनी, तीनथानामा २०० रोपनी, थानकोटमा ५०० रोपनी, चन्डोलमा १५ रोपनी जग्गामा व्यवस्थित हाउजिङ र प्लट निर्माण गरिसकेको बताए । हाउजिङ क्षेत्रमा लामो अनुभव र विज्ञताका कारण सस्तो मूल्यमा हाउजिङ बिक्री गर्न सफल भएको उनको भनाइ छ । 

    कार्यक्रममा महानायक राजेश हमाल जलविनायक हाउजिङले अव्यवस्थित रुपमा रहेका जग्गालाई एकीकरण गरेर शहरी विकासको मापदण्ड अनुसार भवन निर्माण गरेको भन्दै यसले व्यवस्थित शहर निर्माणमा सघाउ पुर्‍याएको बताए । कोलोनीमा बस्नु सुरक्षा तथा सुविधा दुवै दृष्टिकोणले उपयुक्त हुने भन्दै उनले यसको भरपुर फाइदा उठाउन आग्रह समेत गरे ।

    कम्पनीले २०६४ सालमै यो क्षेत्रमा जग्गा खरिद गरेको थियो । जग्गा खरिद गरेको १५ वर्षपछि कम्पनीले हाउजिङ तथा प्लट बिक्री गर्न थालेको हो । यो ग्रुप अन्तर्गत सिद्धार्थ सिमेन्ट, अर्घाखाँची सिमेन्ट तथा श्री स्टिल कम्पनी समेत सञ्चालनमा रहेकोले निर्माण लागत र गुणस्तरको दृष्टिकोणले समेत कोलोनीका प्लट तथा हाउजिङ प्रभावकारी रहेको कम्पनीका ब्राण्डिङ, सेल्स एण्ड मार्केटिङ प्रमुख सागर कटुवालको भनाइ छ । 

    कति पर्छ मूल्य ? 

    हाल यो कोलोनी अन्तर्गत १९ वटा हाउजिङको बुकिङ भइरहेको छ  । यी घरहरूको मूल्य २ करोड ७५ लाखदेखि ४ करोड ४० लाखसम्म तोकिएको छ । जग्गाको क्षेत्रफल, स्थान, घरको साइज, मोहोडा तथा डिजाइनलाई समेत आधार मानेर यस्तो मूल्य निर्धारण गरिएको मार्केटिङ प्रमुख कटुवालको भनाइ छ । तत्कालको लागि प्रत्येक घरको बुकिङमा १० लाख रुपैयाँ छुटको व्यवस्था गरिएको समेत उनको भनाइ छ । 

    उक्त घरहरू एकल परिवार तथा संयुक्त परिवार समेतका लागि उपयुक्त हुनेगरी फरक फरक घरहरू निर्माण गरिएका छन् । उक्त घरहरू ५ वटा डिजाइनमा बनाइएको कम्पनीले जनाएको छ । प्रत्येक डिजाइनका घरमा पार्किङ, लिभिङ रुम, अट्याच्ड बाथरुमसहितको बेडरुम, बाथरुम, किचन÷डाइनिङ, पूजा कोठादेखि लन्ड्रीसम्मको उपयुक्त व्यवस्था गरिएको जनाइएको छ । 

    घरहरू भौतिक सुविधा तथा वास्तुशास्त्रीय तथा भूकम्पीय दृष्टिकोणबाट उपयुक्त रहेको समेत कम्पनीको दाबी छ ।  ग्राहकको मागअनुसार घरभित्रको फर्निसिङ व्यवस्था गरिदिने सुविधा रहेको समेत जनाइएको छ । यद्यपि यसका लागि भने अतिरिक्त शुल्क लाग्ने व्यवस्था गरिएको छ ।     

    त्यस्तै, बिक्रीमा रहेका १४ वटा जग्गाको मूल्य भने प्रतिआना २८ लाखदेखि ३५ लाख रुपैयाँसम्म कायम गरिएको कम्पनीले जनाएको छ । यसअन्तर्गत ५ आनादेखि झण्डै २ रोपनीसम्म क्षेत्रफलका प्लटहरू रहेको कम्पनीले जनाएको छ ।  

    कम्पनीले घर खरिद गर्न चाहने ग्राहकका लागि सिद्धार्थ बैंकसँगको सहकार्यमा ५० प्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गराउँदै आएको छ । यस्तो ऋणको ब्याजदर एकल अंकको नजिक मार्केटिङ प्रमुख कटुवाल बताउँछन् । बजारमा तरलतासँगै ऋण पाइन छाडेको गुनासो भइरहेको बेला यो सुविधाले नयाँ घरको चाहना गरेका ग्राहकलाई सहज हुने उनको भनाइ छ ।  

    कोलोनी अन्तर्गत हाल कम्पनीले नै बिजुली, खानेपानी, टेलिभिजन÷इन्टरनेट तथा सीसीटीभी निगरानी सहित सुरक्षा व्यवस्थाको जिम्मेवारी लिएको छ । सबै घर तथा प्लटहरू बिक्री भएपछि घरधनीहरूको सहभागितामा कोलोनीको सञ्चालक समिति गठन गर्ने र उक्त जिम्मेवारी सोही सञ्चालक समितिलाई हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।


    सोमवार, माघ २३ २०७९०८:५१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij