Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मोरङमा भारतिय कार दुर्घटना १ को मृत्यु, तीन घाइते

मोरङमा भारतिय कार दुर्घटना १ को मृत्यु, तीन घाइते

  • आइतवार, माघ २२ २०७९

  • 297
    SHARES

  • मोरङमा भारतिय कार दुर्घटना १ को मृत्यु, तीन घाइते

    काठमाडौं।मोरङमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, तिन जना घाइते भएका छन्। पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा आज बिहान भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो। दुर्घटना घाईते हुनेहरुमा चालकसहित ३ जना छन्।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लु बी ७४ बी जे ५४७७ नम्बरको कार आफैँ अनियन्त्रित भएर बिहान साढे ३ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। भारतको सिक्किम वेष्ट सोरेङ घर भएका ६३ वर्षीय प्रतापसिंह तामाङको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा ज्यान गुमाउएका प्रहरीले जनाएको छ ।

    दुर्घटनामा कार चालक सिक्किमकै ४१ वर्षीय फूर्वा छिरिङ तामाङ, २२ वर्षीय पाल्देन टासी तामाङ र ४३ वर्षीय बालचुक तामाङ घाइते भएका छन्। घाइतेको विराटनगरमै उपचार भइरहेको छ।

    प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिका कारण कार दुर्घटनामा परेको खुलेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    आइतवार, माघ २२ २०७९०१:१३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij