Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

  • आइतवार, माघ २२ २०७९

  • 247
    SHARES

  • कस्तो रहला आजको मौसम ?

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरुमा हुस्सु लागेको छ

    आज दिउँसो प्रदेश एकका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एकको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहनेछ । तत्काल देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । 

    प्रदेश एकका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको र तराईका भू-भागमा लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


    आइतवार, माघ २२ २०७९०६:३६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij