Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको भन्दै माइतीघरमा क्यानविरुद्ध प्रदर्शन

सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको भन्दै माइतीघरमा क्यानविरुद्ध प्रदर्शन

प्रदर्शन बिथोल्न खोज्ने तारा बराल पक्राउ
  • शनिवार, माघ २१ २०७९

  • 516
    SHARES

  • सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको भन्दै माइतीघरमा क्यानविरुद्ध प्रदर्शन
    काठमाडौं । बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा आज काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । युवाहरूको एक समूहले नेपाल क्रिकेट संघ (क्यान) र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।
     
    उनीहरूले बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा अवरोध पुर्‍याउन खोज्ने तारा बराललाई प्रहरी पक्राउ गरेको छ । 
     
    एक नाबालिकालाई बलात्कार गरेको अभियोग क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । तर क्रिकेट संघले उनलाई राष्ट्रिय टिममा फर्काएपछि विरोध भइरहेको छ ।
     
    क्यानले बलात्कार आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै  लिग डिभिजन टु अन्तर्गत नेपालमा हुने नामिबिया र स्कटल्याण्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो ।
     
    क्रिकेटर लामिछाने हिजोबाट नियमित अभ्यासमा छन् । बलात्कार आरोप लागेपछि सन्दीपलाई क्यानले निलम्बन गरेको थियो ।
     
    गत मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले नेपालको क्रिकेटलाई उकास्नका लागि सन्दीपलाई खेलाउनै पर्ने बाध्यता रहेको क्यानले जनाएको थियो । बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो । अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो । उनलाई क्रिकेट खेल्न रोक लगाइएको छैन ।
     


    शनिवार, माघ २१ २०७९०३:३१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij