Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

चितवनका तरकारी किसान आन्दोलित : बिक्रि नभएपछि सडकमा यसरी फाले तरकारी

चितवनका तरकारी किसान आन्दोलित : बिक्रि नभएपछि सडकमा यसरी फाले तरकारी

  • शुक्रवार, माघ २० २०७९

  • 653
    SHARES

  • चितवनका तरकारी किसान आन्दोलित : बिक्रि नभएपछि सडकमा यसरी फाले तरकारी

    काठमाडौं ।चितवनका किसानले तरकार बिक्री नभएपछि सडकमा फालेर आन्दोलन गरेका छन् ।

    a-2-1536x1025.jpg

    उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानहरुले नारायणघाटको पुल्चोकमा सडकमा तरकारी फालेर आनदोलन गरेका हुन् ।

    328545391_2378716888971753_7621838604921871973_n-1536x746.jpg

    भारतीय उत्पादनले नेपाली बजार ओगट्दा आफूहरू मारमा परेको गुनासो गर्दै उनीहरूले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

    भारतबाट अवैध रुपमा भित्रिने तरकारीका कारण स्थानीय उत्पादले बजार भाउ पाउन सकेको छैन भने प्रशासनले अवैध तरकारी भित्रिन नदिन यथेष्ट पहल गर्न नसकेको आरोप विरोध प्रदर्शनमा उत्रिएका किसानहरुले लगाएका छन् ।

    328516559_938891180437581_7814094667387213097_n-1536x746.jpg

    भरतपुर महानगर १६ कि किसान धनु अधिकारीले भारतको तरकारी भित्र्याएर सरकारले आफूमाथि अन्याय गरेको आरोप लगाउादै आफूहरूको समस्यामा सरकार मुकदर्शक भएकोले तराकारी फालेर विरोध गरेको बताउनुभयो ।

    d-1-560x280.jpg

    पुल्चोकमा गोलभेडा,काउली,बन्दा ,फर्सी ,सिमी ,गाँजरलगायत तरकारी फालेर विरोध गरेका थिए । सडकमा तरकारी फालेपछि केहीबेर सडक अवरुद्ध भएको थियो ।


    शुक्रवार, माघ २० २०७९०२:४५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij