काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आवेदन खुला गरेको छ। २०८० सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको नियमित, ग्रेडवृद्धि तथा आंशिक परीक्षाको लागि परीक्षार्थीले नियमित शुल्कमा यहि माघ मसान्तसम्म आवेदन दिन सक्ने गरि आवेदन खुला गरिएको हो ।
परीक्षा आवेदन फाराम विद्यार्थी स्वयंले भरेको हुनुपर्ने बोर्डले जनाएको छ। यस्तै, बोर्डले कक्षा ११ को पनि ग्रेडवृद्धि तथा आंशिक परीक्षाका आवेदन खुला गरेको छ।
बोर्डको अनुसार रजिष्ट्रेसन नम्बरका शुरुका दुई अंक ७२, ७३ र ७५ भएका परीक्षार्थीहरुको लागि अन्तिम एक पटकका लागि मात्रै आवेदन दिन सक्ने अवसर हो ।
माघ मसान्तभित्र आवेदन छुटेकाहरुलाई दोब्बर दस्तुतमा फागुन १५ सम्म आवेदन दिन पाउने बोर्डले जनाएको छ।
