Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चले माग्यो सन्दीपविरूद्ध मुद्दामा कैफियत प्रतिवेदन

सर्वोच्चले माग्यो सन्दीपविरूद्ध मुद्दामा कैफियत प्रतिवेदन

  • शुक्रवार, माघ २० २०७९

  • 245
    SHARES

  • सर्वोच्चले माग्यो सन्दीपविरूद्ध मुद्दामा कैफियत प्रतिवेदन

    काठमाडौं। नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धमा सर्वोच्च अदातले कैफियत प्रतिवेदन मागेको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छोड्ने आदेश मागेको हो।

    उच्च अदालत पाटनबाट कैफियत प्रतिवेदन प्राप्त भएपछि मुद्दा सुनुवाइका लागि पेशी तोकिनेछ। लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै सर्वोच्चमा सरकारका तर्फबाट महान्यायाधीवक्ता कार्यालयले निवेदन दिएको थियो।

    उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिदै लामिछानेलाई विदेश जान रोक लगाएको छ।

    काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेपछी उनि पक्राउ परेका थिए ।


    शुक्रवार, माघ २० २०७९१२:३८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij