काठमाडौं। नेपालको कालिगण्डकी मा पाइने सालिगग्राम देवशिला भारत उत्तरप्रदेश अयोध्या को राम जन्मभुमी तिर्थ क्षेत्र धाममा हस्तान्तरण गरिएको छ ।
भारत उत्तरप्रदेश को अयोध्यामा निर्मांणाधिन राम मन्दिरमा मुर्ती बनाउनको लागि उक्त शिला अयोध्या पुर्याइएको हो । कालीगण्डकी नदिबाट उत्खनन् गरि निकालिएको उक्त शिला बाट भगवान् बिस्णुको अबतार रामको बाल्यकाल देखिको मुर्ती निर्माण गरिने अभियन्ता सन्दिप रानाले बताउनु भयो ।
शिलायात्राका क्रममा भारतको गोरखपुर देखि अयोध्या सम्मका विभिन्न ठाउमा हजारौ दर्शालु भक्तजनहरुले दर्शन एवम सम्मान ब्यक्त गरेका थिए ।
नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधि का रुपमा नेपाली काङ्रेस नेता बिमलेन्द्र निधि र जानकी मन्दिरका मुख्य महन्त राम तपेस्वर दास द्वारा अयोध्या स्थित राम जन्म भुमी तिर्थ क्षेत्र ट्रस्ट का प्रमुख चम्पत रायलाई सो देव शिला हस्तान्तरण गर्नु भएको हो
यस देवशिलाको आदान प्रदान पछि नेपाल र भारतको धार्मिक, सास्कृतिक एवम भाईचाराको सम्वन्धलाई थप प्रगाढ हुने धार्मिक जानकारहरु बताउछन ।
देवशिला एउटा छब्बिस टन र अर्को चौध टन गरि चालीस टनको शिला अयोध्या पुर्याइएको हो । त्रेता युगमा माता जानकी र भगवान् रामको बिबहाले नेपाल भारतको सम्बन्ध प्रगाढ बन्दै गएको र यस देवशिलाबाट मुर्ती मार्फत झनै सम्बन्धलाई नविकरण हुने बिस्वास गरिएको छ ।