Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बागलुङमा पनि पेट्रोल छर्केर एक पुरुषले गरे आत्मदाह प्रयास

बागलुङमा पनि पेट्रोल छर्केर एक पुरुषले गरे आत्मदाह प्रयास

  • बुधवार, माघ १८ २०७९

  • 435
    SHARES

  • बागलुङमा पनि पेट्रोल छर्केर एक पुरुषले गरे आत्मदाह प्रयास

    काठमाडौैं ।बागलुङमा पनि एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले आज आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको जानकारी दिनुभयो ।

    पेट्रोल छर्केर घाइते भएका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको छ। आत्मदाहको कारणबारे केही खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    बुधवार, माघ १८ २०७९०४:५२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij