Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा नेपाल कायमै

भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा नेपाल कायमै

  • मंगलवार, माघ १७ २०७९

  • 375
    SHARES

  • भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा नेपाल कायमै

    काठमाडौं। नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले जनाएको छ ।

    सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक आज सार्वजनिक गर्दै टीआईले नेपालको अवस्था केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको हो ।

    सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल, १०० मध्ये ३४ अंक प्राप्त गरी भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औं स्थानमा छ । सन् २०२१ मा ३३ अंक पाउँदै नेपाल ११७ औं स्थानमा थियो ।

    सूचकांकमा ९० अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा र १२ अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।


    मंगलवार, माघ १७ २०७९१२:५०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij