Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मालपोत कार्यालय पर्साबाट ८ जना पक्राउ : यिनिहरु हुन् पक्राउ पर्ने

मालपोत कार्यालय पर्साबाट ८ जना पक्राउ : यिनिहरु हुन् पक्राउ पर्ने

  • सोमवार, माघ १६ २०७९

  • 429
    SHARES

  • मालपोत कार्यालय पर्साबाट ८ जना पक्राउ : यिनिहरु हुन् पक्राउ पर्ने

    काठमाडौं। वीरगञ्जको मालपोत कार्यालय परिसरबाट ८ जना पक्राउ परेका छन्। मालपोत कार्यालयमा आएका सेवाग्राहीलाई काम छिटो गराइदिन्छु भनेर बार्गेनिङ गरेर हैरानी दिएको भन्दै प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी, धमेन्द्रकुमार सहनी, सञ्जय चौहान र हरिओम गुप्ता छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीकाअनुसार मालपोत कार्यालयमा सेवाग्राहीको फाइल बोकेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको जनगुनासो पटक पटक आएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

    उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     


    सोमवार, माघ १६ २०७९०२:२०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij