Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पल शाहलाई सफाइ दिने फैसलाविरुद्ध उच्चमा पुनरावेदन रिट

पल शाहलाई सफाइ दिने फैसलाविरुद्ध उच्चमा पुनरावेदन रिट

  • आइतवार, माघ १५ २०७९

  • 297
    SHARES

  • पल शाहलाई सफाइ दिने फैसलाविरुद्ध उच्चमा पुनरावेदन रिट

    काठमाडौं।अभिनेता पल शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको छ।

    गत बिहीबार सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणीको मुद्दामा अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने भन्दै निवेदन दर्ता गरेको हो।

    पलका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार गत भदौ २१ गते बलात्कारको मुद्दामा पललाई सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता भएको हो ।

    अदालतले बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो। यो फैसलाविरुद्ध पलले उच्च अदालतमा पुनरावेदन गरिसकेका छन्।

    मुद्दाको सुनुवाइ मिति भने तोकिएको छैन ।जबर्जस्ती करणीकै मुद्दामा पलले तनहुँ जिल्ला अदालतबाट भने माघ ३ गते सफाइ पाएका छन् ।


    आइतवार, माघ १५ २०७९०५:४१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij