Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • शनिवार, माघ १४ २०७९

  • 248
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको तराईका भु(भागमा हुस्सु लागेको अवस्था छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ

    आज दिउँसो प्रदेश एकमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।

    भोलि भने सुदुरपश्चिम  र कर्णाली प्रदेशका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  


    शनिवार, माघ १४ २०७९०६:४०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij