Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

धनुषामा लागु औषधसहित ४ जना पक्राउ

धनुषामा लागु औषधसहित ४ जना पक्राउ

  • शुक्रवार, माघ १३ २०७९

  • 222
    SHARES

  • धनुषामा लागु औषधसहित ४ जना पक्राउ
    काठमाडौं । धनुषा प्रहरीले लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार(आज) पत्रकार सम्मेलन गर्दै धनुषाको पिडारी चोकबाट लागु औषधसहित ४ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
     
    पिडारी चोकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको अटोमा जुटको बोराभित्र कार्टुनमा राखिएको अवस्थामा प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागु औषधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
     
    पक्राउ पर्नेहरूमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरको अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकलमा सवार चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षत्रीले जानकारी दिनुभयो।
     
    त्यस्तै अन्य पक्राउ पर्नेहरूमा ज।६ प।१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे रहेको उहाँले बताउनुभयो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।


    शुक्रवार, माघ १३ २०७९०२:५३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij