Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

अत्यधिक हिमपातले जुम्लामा विद्युत् सेवा अवरुद्ध

अत्यधिक हिमपातले जुम्लामा विद्युत् सेवा अवरुद्ध

  • बिहिवार, माघ १२ २०७९

  • 312
    SHARES

  • अत्यधिक हिमपातले जुम्लामा विद्युत् सेवा अवरुद्ध

    काठमाडौं।जुम्लामा अत्यधिक हिमपात हुँदा विद्युत् सेवा अवरुद्ध भएको छ।मङ्गलबारदेखि लगातारको हिमपातले राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन्। हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको छ।

    हिमपातले चन्दननाथ नगरपालिकाको मिचा, तिला गाउँपालिकाको दानसाँघु र कालीकोटको फाईमहादेवका ठाउँठाउँमा विद्युत्का खम्बा र तारमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिनुभयो ।

    विद्युत् अवरुद्ध भएपछि खलङ्गालगायत प्रसारण लाइन पुगेका गाउँका ग्राहक प्रभावित भएका छन्। हिमपातका कारण जुम्ला पुरै हिउँले सेताम्य भएको छ।

    सो हिमपातले हिउँले बालीनालीदेखि स्याउका बिरुवालाई राहत हुने भएपछि किसानलाई राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।


    बिहिवार, माघ १२ २०७९०४:२१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij