Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • बिहिवार, माघ १२ २०७९

  • 326
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणाली आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा मधेस, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


    बिहिवार, माघ १२ २०७९०७:३०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij