Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको देशभर पूजा आराधना गरिँदै

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको देशभर पूजा आराधना गरिँदै

  • बिहिवार, माघ १२ २०७९

  • 482
    SHARES

  • आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको देशभर पूजा आराधना गरिँदै

    काठमाडौं । माघ शुक्ल पक्ष पञ्चमी तिथि। श्रीपञ्चमी वा वसन्तपञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको विशेष पूजा अर्चना गर्छन्।

    यो दिन विद्यार्थीले पुस्तक र कलम, कलासाधकले कला सामग्री तथा संगीत साधकले वाद्ययन्त्रको पूजा गरी सरस्वतीको आराधना गर्छन्। साना बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ। देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वतीपूजाबारे उल्लेख छ।

    सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक लिएर पद्मको आसन बनाएकी, शान्त स्वरूपकी भगवती सरस्वतीले सदा सर्वदा बुद्धि–विद्या प्रदान गरुन् भन्ने विद्यार्थीको कामना हुन्छ।

    अमरकोशमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्, वाणी आदि नामले चिनाइएको छ। शारदा, श्री आदि नामले पनि सरस्वतीको आराधना गरिन्छ।

    पुराणमा सरस्वतीको उत्पत्तिबारे विभिन्न कथा आउँछ। सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसंग प्रख्यात छ। यस्तै अर्को प्रसंगमा ब्रह्माजीको मुखबाट उत्पत्ति भएको उल्लेख छ। त्यसैले पनि सरस्वतीलाई वाग्देवी ९वाक् देवी० भनिन्छ।

    श्रीपञ्चमीका दिन वसन्त श्रवण गर्ने पनि परम्परा छ।


    बिहिवार, माघ १२ २०७९०७:१२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij