Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मोटरसाइकल दुर्घटनामा परि प्रदेश १ संसद सचिवालयका अधिकृत श्रेष्ठको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि प्रदेश १ संसद सचिवालयका अधिकृत श्रेष्ठको मृत्यु

  • बुधवार, माघ ११ २०७९

  • 307
    SHARES

  • मोटरसाइकल दुर्घटनामा परि प्रदेश १ संसद सचिवालयका अधिकृत श्रेष्ठको मृत्यु

    काठमाडौं। प्रदेश १ संसद सचिवालयका अधिकृतको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ। कोसी लोकमार्गअन्तर्गत विराटनगर ३ स्थित ढाटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सचिवालयका अधिकृत प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

    सरकारी मोटरसाइकल चलाएर सुनसरीको धरान उपमहानगरपालिका–८ घरबाट विराटनगरस्थित संसद सचिवालयतर्फ आउने क्रममा ५५ वर्षीय श्रेष्ठ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    प्रहरीकाअनुसार श्रेष्ठ सवार प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र विपरितदिशाबाट आउदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएका थिए।

    दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको मोरङको विराट शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते छन् ।

    उनीहरुको विराटमै उपचार भइरहेको छ । मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


    बुधवार, माघ ११ २०७९०५:३९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij