Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसादलाई न्याय माग्दै प्रदर्शन

संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसादलाई न्याय माग्दै प्रदर्शन

  • बुधवार, माघ ११ २०७९

  • 729
    SHARES

  • संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसादलाई न्याय माग्दै प्रदर्शन

    काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि मंगलबार(हिजो) आफैंलाई जलाएका कारण मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूलाई राज्यले सम्बोधन गर्नुपर्ने र उहाँले न्याय पाउनुपर्ने माग गर्दै माइतीघरबाट ‘काठमाडौं अपराइजिङ’ नाममा प्रदर्शन सुरु भएको छ ।

    नागरिक समाजका अगुवा र युवाहरूले इलामका प्रेमप्रसाद आचार्यको न्याय र उनीजस्तै लाखौँ नेपाली युवाहरूको न्यायकालागि सरकारसँग माग गरेका छन् । उनीहरूले आचार्यको दुःखद निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने उनका २५ बुँदे मागहरू पूरा गर्न सरकारसँग माग गरेका छन् ।

    काठमाडौंको माइतीघरमा जम्मा भएर नाराबाजीसहित बानेश्वरवानेश्वर पुगेका उनीहरूले ‘सरकार गरिखान दे, प्रेमप्रसाद आचार्यको आत्महत्या होइन हत्या हो, अर्को जल्दो शरीर मेरो नहोस्, यो देश हो कि वधशाला ?’ लगायत नाराहरू लेखिएका प्ले–कार्डसहित प्रदर्शन गरेका छन् ।

    नागरिक अगुवा एवं लेखक सञ्जीव उप्रेतीले आचार्यको आत्मदाहले नेपाली अर्थ सामाजिक व्यवस्थाको मारमा परेको संघर्षशील युवाको जीवनलाई उजागर गरेको बताउनुभयो ।

    प्रदर्शनका क्रममा उनीहरूले सीमान्तकृत दलित, महिला र मजदुरहरूको जीवनस्तर माथि उठ्न नसकिरहेको अवस्थाको चित्रलाई उजागर गरेको बताएका छन् ।

    उनीहरूले आचार्यले राखेका २५ बुँदे मागहरू पूरा नभएसम्म निरन्तर आन्दोलन गर्ने बताएका छन् ।

    आचार्यले मंगलबार अपराह्न संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । आगोले जलेर अस्पताल पुर्‍याइएका उनको बुधबार(आज) बिहान मृत्यु भएको थियो ।


    बुधवार, माघ ११ २०७९०२:४९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij