Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पहिरोले गर्दा कर्णाली राजमार्ग अवरुद्धः पहिरोमै जिप फस्यो

पहिरोले गर्दा कर्णाली राजमार्ग अवरुद्धः पहिरोमै जिप फस्यो

  • बुधवार, माघ ११ २०७९

  • 249
    SHARES

  • पहिरोले गर्दा कर्णाली राजमार्ग अवरुद्धः पहिरोमै जिप फस्यो

    काठमाडौं । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। आज बिहान ११ बजेर ४५ मिनेटमा पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।

    कालिकोटको तिलागुफा नगरपालिका–४ राचुलीस्थित कर्णाली राजमार्गमा वर्षातका कारण पहिरो आई अवरुद्ध भएको जुम्लाका डीएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

    उहाँका अनुसार जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको वाग्मती प्रदेशको २९५८नम्बरको गाडी पहिरोमा फसेको छ। सो जीपको अगाडिको टायर पहिरोमा परेको हो ।

    प्रहरी टोलीले पहिरो खुलाउने पहल गरिरहेको छ। राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले खुलाउन तयारी भैरहेको बताउनुभयो ।


    बुधवार, माघ ११ २०७९०२:३३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij