Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

संसद भवनबाहिर आत्मदाहको प्रयास गरेका आचार्य बोल्न सक्ने अवस्थामा

संसद भवनबाहिर आत्मदाहको प्रयास गरेका आचार्य बोल्न सक्ने अवस्थामा

  • मंगलवार, माघ १० २०७९

  • 474
    SHARES

  • संसद भवनबाहिर आत्मदाहको प्रयास गरेका आचार्य बोल्न सक्ने अवस्थामा

    काठमाडौं । संसद भवनबाहिर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको हाल आईसीयूमा राखेर उपचार भइरहेको छ ।

    कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचाररत आचार्य बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । आचार्यले आफू केही गर्न नसक्ने र देशमा भ्रष्टाचार व्याप्त रहेकाले आफूले आत्मदाहको प्रयास गरेको बताएका छन् ।

    आज दिउँसो ३ बजेर ५ मिनेटमा आफ्नो शरीरमा ज्वलनशील पदार्थ खन्याएका आचार्यलाई प्रहरीले उद्दार गरी २० मिनेटमै अस्पताल पुर्याएको थियो ।

    घटनास्थलबाट चारवटा बोतल फेला परेको र आचार्यले प्रयोग गरेको ज्वलनशील पदार्थ एसीडजस्तो देखिएको पाइएको छ । उनी शान्तिनगरमा एक्लै बस्दै आएका थिए । उनले आत्मदाह प्रयास गरेको भिडिओमा उनी जल्दाजल्दै ढलेको देखिएको थियो ।

     


    मंगलवार, माघ १० २०७९०६:३४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij