Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बाजुरा भूकम्प अपडेट : एक जनाको मृत्यु, थप विवरण संकलन हुँदै

बाजुरा भूकम्प अपडेट : एक जनाको मृत्यु, थप विवरण संकलन हुँदै

  • मंगलवार, माघ १० २०७९

  • 431
    SHARES

  • बाजुरा भूकम्प अपडेट : एक जनाको मृत्यु, थप विवरण संकलन हुँदै

    काठमाडौं । बाजुरामा आज गएको भुकम्पमा परि १ जनाको मृत्यु भएको छ । जिल्लाको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर आज दिउँसो गएको भूकम्पमा परि गौमुल गाउँपालिका २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

    घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

    बाजुराकै हिमाली गाउँपालिकाको बिच्छ्याँ केन्द्रबिन्दु बनाएर गएको ५.९ रेक्टरको भूकम्पले जिल्लाभर थुप्रै घरहरुमा आंशिक र पूर्ण क्षति भएको खबर आएको र विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


    मंगलवार, माघ १० २०७९०५:१८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij