Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

हर्क साम्पाङ डोजर लिएर बस्तीतिर, झडपमा केही घाइते

हर्क साम्पाङ डोजर लिएर बस्तीतिर, झडपमा केही घाइते

  • आइतवार, माघ ८ २०७९

  • 269
    SHARES

  • हर्क साम्पाङ डोजर लिएर बस्तीतिर, झडपमा केही घाइते

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि डोजर लगाउनुभएको छ ।

    सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका संरचना हटाउन साम्पाङले डोजर चलाउनुभएको हो। आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी बनाएको घर भत्काइएको छ ।

    डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बीच झडप समेत भएको छ । उपमहानगरको डोजरको सिसा फुटेको तथा केही व्यक्ती सामान्य घाइते भएको धरान प्रहरीले जनाएको छ ।

    धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो । बहुजातीय रंगशाला बनाउने भनेको क्षेत्रमा घर बनाएकाले डोजर लगाएर हटाएको धरान उपमहानगरपालिकाले जनाएको छ । घर बन्दै गर्दा समेत महानगरले निर्माण कार्य रोक्न पत्र समेत पठाएको थियो ।

    यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगेका थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो । यसपटक भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर घर भत्काइएको छ ।


    आइतवार, माघ ८ २०७९०२:२७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij