Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सुर्खेतमा गाडी दुर्घटना, ४ जनाको मृत्यु

सुर्खेतमा गाडी दुर्घटना, ४ जनाको मृत्यु

  • आइतवार, माघ ८ २०७९

  • 311
    SHARES

  • सुर्खेतमा गाडी दुर्घटना, ४ जनाको मृत्यु

    काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। आज आइतबार बिहान साढे २ बजे डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा. प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप गाडी रत्न राजमार्गअन्तर्गत वीरेन्द्रनगर-११ झुप्राखोला नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो।

    प्रहरीका अनुसार उक्त गाडी अनियन्त्रित भई सडकबाट ८० मिटरजति तल खस्दा चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ निवासी २७ वर्षीय सागर शाही, दैलेखका डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका ५ का वर्ष ३१ का बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का वर्ष ३६ काराजेन्द्र बीसीको मृत्यु भएको हो।

    गम्भीर घाइते अवस्थामा प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा दैलेखकै भैरवी गाउँपालिका ५ का वर्ष २६ का वीरेन्द्रराज शाही घाइते भएका छन्। छातीमा चोट लागेका उनी बोल्न सक्ने अवस्थामा छन्। उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ।


    आइतवार, माघ ८ २०७९०७:५०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij