Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • शनिवार, माघ ७ २०७९

  • 259
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली; मधेस प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका  एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    आइतबार भने प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

     


    शनिवार, माघ ७ २०७९०७:०९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij