Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार 

मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार 

  • शुक्रवार, माघ ६ २०७९

  • 331
    SHARES

  • मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार 
    काठमाडौं ।  मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार भएको छ । नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि शुक्रबार(आज) गोरखाका ३ सहित १२ जना नेपाल फर्किएका हुन् । बन्धक बनाइएका १९ मध्ये ७ जनाको अघिल्लो बुधबार उद्धार भएको थियो ।
     
    आज गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनिल अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का नेपाल फर्किएका हुन् । उनीहरू आफैले विमान भाडा बेहोरेर फर्किएका हुन् ।
     
    रोजगारीका सिलसिलामा मलेसिया पुगेकाहरू पुस १७ गतेबाट केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धक बनाइएका थिए । काठमाडौंस्थित सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावर कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरू कामका लागि पुगेका थिए ।
     
    कम्पनीका सञ्चालकले एक कामदारलाई कुटपिट गरेपछि अन्य कामदारले विरोध जनाएसँगै उनीहरू कामबाट निकालिएका हुन् । अब म्यानपावर कम्पनीसँग क्षतिपूर्तिका लागि माग गर्ने गोरखाका ठाकुर रेग्मीले बताउनुभयो ।
     
    नेपाल फर्किएकाहरू काठमाडौंस्थित एक होटेलमा बसेका छन् । नेपाल सरकारको पहलमा नै आफूहरू फर्कन पाएको भोजपुर घर भएका बाबुराम बास्तोलाले बताउनुभयो । 
     
    भदौ २३ गते मलेसिया पुगेर काममा लागेको एक सातादेखि नै यातना भोग्नुपरेको उनले गुनासो गर्नुभयो। अब सामूहिक रूपमा क्षतिपूर्तिका लागि म्यानपावर कम्पनीसँग कुराकानी गर्ने उहाँले बताउनुभयो ।


    शुक्रवार, माघ ६ २०७९०५:१२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij