Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्यमा सुधार देखिएपछि वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा सुधार देखिएपछि वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

  • शुक्रवार, माघ ६ २०७९

  • 519
    SHARES

  • स्वास्थ्यमा सुधार देखिएपछि वर्षमान पुन अस्पतालबाट डिस्चार्ज
    काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुग्नुभएका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत महिना हेलिकप्टरमा काठमाडौं ल्याएर ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो ।
     
    सुमेरु अस्पतालमा एक साता उपचार गरेपछि आज अस्पतालले डिस्चार्ज गरेको उहाँको सचिवालयले जनाएको छ । अस्पतालबाट डिस्चार्ज भए पनि चिकित्सकले उहाँलाई कलेजो प्रत्यारोपणको सल्लाह दिनुभएको छ ।
     
    लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माले केही दिनअघि दिएको जानकारी अनुसार पुनको कलेजोको ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ । जन्डिस रोगबाट पीडित पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किनुभएको थियो ।
     


    शुक्रवार, माघ ६ २०७९०३:५२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij