Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सुनसरीको चारकोशे जंगलमा नवजात शिशु फेला

सुनसरीको चारकोशे जंगलमा नवजात शिशु फेला

  • शुक्रवार, माघ ६ २०७९

  • 531
    SHARES

  • सुनसरीको चारकोशे जंगलमा नवजात शिशु फेला

    काठमाडौं ।सुनसरीको एक जंगलमा नवजात शिशु फेला परेको छ। बराहक्षेत्र नगरपालिका २ स्थित चारकोसे जंगलमा कपडामा पोको पारेर जंगलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशुलाइ स्थानीयले फेला पारेका हुन्।

    नवजात शिशु (छोरी)लाई स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ।

    नवजात शिशुलाइ कस्ले जंगलमा छाड्यो भन्ने विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राइले बताउनुभयो ।

    नवजात अवैध सम्बन्धका कारण जन्मिएर बेवारिसे अवस्थामा छाडिएको आशंका गरिएको छ।


    शुक्रवार, माघ ६ २०७९०३:२२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij