Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लघुवित्तमा ऋणको डुप्लिकेशन हटाउन आवश्यक छ : अध्यक्ष पोखरेल

लघुवित्तमा ऋणको डुप्लिकेशन हटाउन आवश्यक छ : अध्यक्ष पोखरेल

  • मंगलवार, भाद्र ३० २०७७

  • 1.2K
    SHARES

  • लघुवित्तमा ऋणको डुप्लिकेशन हटाउन आवश्यक छ : अध्यक्ष पोखरेल

    काठमाडौं । नेपाल लघुवित्त संघ (नेम) का अध्यक्ष जगत पोखरेलले लघुवित्तहरुमा भएको ऋणको डुप्लिेशकनको समस्या हटाउन आवश्यक रहेको बताउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्बादमा पत्रकार टीपी भुसालसँग कुरा गर्दै उहाँले मल्टिपाइनान्सिङ भएकै कारण ऋणिले समयमा ऋण नतिर्ने र जताबाट बढि सुविधा हुन्छ त्यता जाने प्रवृति रहेकोले लघुवित्तमा समस्या आएको बताउनु भयो ।

    उहाँले यसबाट कतिपय गलत परिणामहरु समेत आएको भन्दै यसलाई न्युनिकरण गर्न नियमनकारी निकाय र लघुवित्तहरु आफै सचेत रहनु पर्ने धारणा राख्नु भयो ।

    उहाँले लघुवित्त क्षेत्रका यस्तै समस्या समाधान र सामुहिक हितको लागि संघ गठन गरेको बताउँदै संघको माध्यमबाट वित्तीय साक्षरता तथा अन्य जनचेतनाका कामहरु गर्दै आइरहेको जानकारी दिनुभयो ।

    अध्यक्ष पोखरेलले मौद्रिक नीतिले पनि लघुवित्तहरुलाई मर्जरमा जान सहजीकरण गरेको अवस्थामा लघुवित्त कम्पनीहरु मर्जरमा जानैपर्ने बताउनु भयो ।

    नेपालमा बैकिङ तथा वित्तीय कारोवार गर्ने धेरै संस्थाहरु भएपनि ग्रामिण स्तरमा जनताको घर घरमै पुगेर लघुवित्त संस्थाहरुले सेवा दिइरहेको र धेरै मानिसलाई सामान्य मानिसबाट उद्यमी बनाउन सफल भएको अवस्थामा लघुवित्तको विकासमा सरकार र नियमनकारी निकायको सकारात्मक भूमिका आवश्यक हुने पोखरेललेको धारणा छ ।

    आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था तथा भिजन लुम्बिनीका समेत अध्यक्ष रहेका पोखरेलले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले हालै मात्र राष्ट्रबैकबाट देशभरी काम गर्ने गरी अनुमति प्राप्त गरेकोले अब कार्यक्षेत्र विस्तार तथा अन्य वित्तीय संस्थासँग मर्जरमा जाने गरी काम गर्ने जानकारी दिनुभयो ।

    यस्तै भिजन लुम्बिनीले प्राविधिक विश्वविद्यालय देखि पर्यटन,उर्जा कृषि लगायतको क्षेत्रका काम गर्ने गर तलको अडियो लिंकमा अगाडि बढिरहेको जानकारी दिनु भयो ।

    नेम तथा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र भिजन लुम्बिनीका अध्यक्ष पोखरेललेसँग गरिएको कुराकानी तलको अडियो लिंकमा सुन्न सकिने छ ।

    https://www.facebook.com/radionrn/videos/735938920581148

     


    मंगलवार, भाद्र ३० २०७७११:३९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij