Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

निराकार पाण्डेको शव आज नेपाल आइपुग्ने

निराकार पाण्डेको शव आज नेपाल आइपुग्ने

  • शुक्रवार, माघ ६ २०७९

  • 400
    SHARES

  • निराकार पाण्डेको शव आज नेपाल आइपुग्ने

    काठमाडौं । कम्बोडियामा आगलागीमा परी मृत्यु भएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ।

    गत पुस १५ गते कम्बोडियाको पोइपेट शहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा भिषण आगलागीका कारण १२औँ तलाबाट हाम फाल्दा पाण्डेको मृत्यु भएको थियो ।

    कम्बोडिया सरकारबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलो भएको बताइएको छ। नेपालबाट आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्याण्ड हुँदै नेपाल ल्याउन लागिएको हो।

    निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्याण्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइनेछ। शव शुक्रबार राति साढे १० बजे काठमाडौं आइपुग्ने र राति नै झापा लगिने तयारी गरिएको छ ।

    शव नेपाल ल्याउन सरकारले नै खर्च व्यहोर्ने निर्णय भएको छ। सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो।

    शव नेपाल ल्याउन कम्बोडियासमेत हेर्ने थाइल्याण्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ। दूतावासलाई एनआरएनए कम्बोडियाले सहजीकरण गरिरहेको बताइएको छ।


    शुक्रवार, माघ ६ २०७९०८:२०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij