Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बित

जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बित

  • बिहिवार, माघ ५ २०७९

  • 407
    SHARES

  • जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बित

    काठमाडौं । जीवित शिशुलाई मृत घोषणा गर्ने कोशी अस्पतालका चिकित्सक निलम्बनमा परेका छन् । १८ दिनको शिशुलाई मृत घोषणा गर्ने चिकित्सक डा आशोक यादव र अन्य दुई जना चिकित्सक निलम्बनमा परेका हुन् ।

    स्वास्थ्य सचिव डा रोसन पोखरेलका अनुसार ७ दिनका लागि निलम्बन गरिएको छ । जीवित शिशुलाई मृत घोषणा गरेको विषयमा छानबिन गर्न अस्पतालले समिति गठन गरेको छ ।

    छानबिन समितिले काम अगाडि बढाउने भएपछि डा यादव र अन्य दुई चिकित्सक निलम्बन गरिएको हो । उनीहरूलाई स्वास्थ्य मन्त्री पदम गिरीको निर्देशनपछि निलम्बन गरिएको छ । शिशुको अहिले एक निजी अस्पतालमा उपचार भइरहेको छ।


    बिहिवार, माघ ५ २०७९०९:४३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij