Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

काठमाडौं प्रहरीद्वारा ३ जनाबाट ७३१ राहदानी जफत

काठमाडौं प्रहरीद्वारा ३ जनाबाट ७३१ राहदानी जफत

  • बिहिवार, माघ ५ २०७९

  • 426
    SHARES

  • काठमाडौं प्रहरीद्वारा ३ जनाबाट ७३१ राहदानी जफत

    काठमाडौं । काठमाडौंमा तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ।काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका उनिहरुबाट प्रहरीले राहदानी बरामद गरेको हो ।

    गोङ्गबुको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट ७ सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंङगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

    प्रहरीले सोनाबाट शङ्कास्पदरुपमा रहेको ७ सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी जम्मा ७ सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानाएको छ । गएराति पक्राउ परेका उनीहरुका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    यसैबीच काठमाडौँ महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी रियाल १४ हजार चार सयसहित धनुषाका ४५ वर्षीय एमडि नजिमलाई पनि गएराति प्रहरीले पक्राउ गरेको छ ।

    कतार एअरवेजद्वारा दोहा हुँदै साउदी जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा ह्याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा लुकाइ लैजान लागेको ५ सय दरको २४ थान र दुई सय दरको १२ थान गरी जम्मा १४ हजार चार सय साउदी रियाल फेला पारिएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।


    बिहिवार, माघ ५ २०७९०२:०४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij