चितवन । नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । सोमबार राति पहिरो जाँदा यातायात अवरुद्ध भएको हो । पहिरो पन्छाएर एकतर्फी गाडी चलाएको केही घण्टामै इच्छाकामना गाउँपालिका–६ चारकिलोनजिक फेरि पहिरो गएको हो ।
नारायणगढ–मुग्लिन सडक खण्डमा सोमबार राति खसेको पहिरो ।सोमबार दिउँसो २ बजे पनि पहिरोले सडक अवरुद्ध भएको थियो । साँझबाट एकतर्फी गाडी सञ्चालन गरिएकोमा राति साढे १० बजे सोही ठाउँमा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो तत्काल पन्छाउन मुस्किल देखिएपछि ट्राफिक कार्यालयले आज मंगलबार उक्त सडक प्रयोग नगर्न भन्दै सोमबार राति सूचना नै जारी गरेको छ ।