Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप : लुम्बिनीलाई हराउँदै मधेश सेमिफाइनलमा

प्रधानमन्त्री कप : लुम्बिनीलाई हराउँदै मधेश सेमिफाइनलमा

  • बुधवार, माघ ४ २०७९

  • 402
    SHARES

  • प्रधानमन्त्री कप : लुम्बिनीलाई हराउँदै मधेश सेमिफाइनलमा
    काठमाडौं । मधेश प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । जनता क्रिकेट पार्क क्रिकेट मैदानमा बुधबार(आज) लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै मदेश अन्तिम चारमा पुगेको हो ।
     
    मधेश पहिलो पटक महिला पीएम कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।
     
    लुम्बिनीका लागि रन्जु श्रेष्ठ र मधु डिसीले अविजित रहँदै समान २१ रन जोडिन । लक्ष्मी चौधरी १२ रनमा आउट हुँदा आश्मा पुलामी मगर र सरस्वती गंगा मगरले ११÷११ रन जोडिन । मधेशका लागि भूमि सिंहले २ तथा कविता गौतमले १ विकेट लिइन् ।
     
    त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन जोडेको थियो । मधेशका लागि साना प्रभिनले सर्वाधिक ४६ रनको योगदान गरिन् । रोजी कडेरीले १५ रन जोडिन । लुम्बिनीका मनीषा राना,सरस्वती पुन र विभास्ना बीसीले १/१ विकेट लिइन् ।
     
    यस जितसँगै मधेशले समूह ’बी’ को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । मधेशले ३ खेलमा ४ अंक जोड्यो । यस समूहबाट प्रदेश–१ समूह विजेता बन्यो । लुम्बिनी भने समूह चरणबाट बाहिरिएको छ ।


    बुधवार, माघ ४ २०७९०३:१५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij