Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पोखरा विमान दुर्घटना : फ्रान्सेली विज्ञको टोली घटनास्थल पुग्यो

पोखरा विमान दुर्घटना : फ्रान्सेली विज्ञको टोली घटनास्थल पुग्यो

  • बुधवार, माघ ४ २०७९

  • 360
    SHARES

  • पोखरा विमान दुर्घटना : फ्रान्सेली विज्ञको टोली घटनास्थल पुग्यो

    काठमाडौं ।पोखरामा भएको विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञको टोलीले काम सुरु गरेको छ। फ्रान्सबाट एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । सो टोली घटनास्थलमा पुगेर काम सुरु गरेको हो ।

    विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुको साथ उडानमा संलग्नहरुसँग पनि छलफल गर्ने छ र दुर्घटनाको कारण पत्ता लगाउने छ।नेपालमा पहिलो पटक एटीआर विमान दुर्घटना भएको हो। त्यसैले विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।

    यता नेपाल सरकारले पनि विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि पोखरामै रहेर काम थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

    जहाँजको ब्ल्याक बक्सको रिपोर्ट आउन ढिला हुने भएकाले कारण पत्ता लाग्न भने समय लाग्ने भएको छ ।


    बुधवार, माघ ४ २०७९०२:३६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij