Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पोखरा विमान दुर्घटना : कुल ४८ शव काठमाडौं ल्याइयो

पोखरा विमान दुर्घटना : कुल ४८ शव काठमाडौं ल्याइयो

  • मंगलवार, माघ ३ २०७९

  • 308
    SHARES

  • पोखरा विमान दुर्घटना : कुल ४८ शव काठमाडौं ल्याइयो

    काठमाडौं । पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका कुल ४८ जनाको शव काठमाडौं ल्याइएको छ । पोखरामा पोस्टमार्टम हुन नसकेका ४८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो ।

    २४ जनाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

    कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएकाले ती शवको डीएनएसमेत परीक्षण गर्नु पर्ने भएकाले ती शव काठमाडौं ल्याइएको हो । ७२ जना सवार यति एयरको विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । जसमध्ये ७० जनाको शव भेटिएको हो भने २ जनाको स्थिति अझै अज्ञात छ ।


    मंगलवार, माघ ३ २०७९०२:२०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij