Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पोखराबाट २५ जनाको शव काठमाण्डौ ल्याइयो

पोखराबाट २५ जनाको शव काठमाण्डौ ल्याइयो

  • मंगलवार, माघ ३ २०७९

  • 286
    SHARES

  • पोखराबाट २५ जनाको शव काठमाण्डौ ल्याइयो

    काठमाण्डौ । पोखरा विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाण्डौ ल्याइएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकप्टरबाट शव भर्खरै काठमाण्डौ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

    क्यानका अनुसार बाँकी २३ वटा शव भने अर्को हेलिकप्टरबाट काठमाण्डौ आउने क्रममा छ । दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भइ आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ ।

    क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार शव बोकेको सेनाको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सुरुमा शिक्षण अस्पताल महाराजगञ्जमै हेलिकप्टर अवतरण गर्ने तयारी गरिए पनि त्यहाँ हुन नसकेपछि फेरि विमानस्थलमा अवतरण भएको छ ।

    विमानस्थलबाट शव शिक्षण अस्पतालमा लगेर परीक्षणपछि आफन्तलाई बुझाइने प्रवक्ता निरौलाले बताउनुभयो । थप शव लिन त्यही हेलिकप्टर पोखरा जानेछ ।

    दुर्घटनामा बेपत्ताको खोजी कार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले शव खोजी गरिरहेको क्यानले छ ।


    मंगलवार, माघ ३ २०७९०१:४४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij