Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • मंगलवार, माघ ३ २०७९

  • 364
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भुभागमामा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    देशको तराइका भू-भागका केही स्थानमा हुस्सु लागेको छ ।

    आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश एकको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहने छ । 

    देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात तथा तराईका  भू-भागहरूमा  हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

     


    मंगलवार, माघ ३ २०७९०७:०५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij