Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उद्दार कार्य आजका लागि स्थगित, ३ शव फेला परेनन्

उद्दार कार्य आजका लागि स्थगित, ३ शव फेला परेनन्

  • सोमवार, माघ २ २०७९

  • 372
    SHARES

  • उद्दार कार्य आजका लागि स्थगित, ३ शव फेला परेनन्

    काठमाडौं । पोखरा जहाज दुर्घटनामा खोजी तथा उद्धारको काम भोलि बिहान सम्मका लागि स्थगित भएको छ।

    सोमबार साँझसम्म ६९ जनाको शव फेला परेको छ। ती शवलाई गण्डकी अस्पतालमा राखिएको छ।

    अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन। केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    आइतबार बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाज पोखरामा करिब ११ बजे दुर्घटनामा परेको थियो।

    पोखरा महानगरपालिका–१५ स्थित सेतीको खोँचमा जहाज दुर्घटनामा परेको हो। जहाजमा चार चालक दलसहित ७२ जना सवार थिए।

    फेला परेका शवको पनि सनाखत गर्ने काम भइरहेको छ। यस्तै विदेशी नागरिक, काठमाडौंमा बुझ्ने, पहिचान नखुलेको र चालक दलको शव काठमाडौं ल्याउने तयारी छ।


    सोमवार, माघ २ २०७९०७:१७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij