Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पहिचान नभएका शवहरुलाई भोलि काठमाडौं पठाइने

पहिचान नभएका शवहरुलाई भोलि काठमाडौं पठाइने

  • सोमवार, माघ २ २०७९

  • 290
    SHARES

  • पहिचान नभएका शवहरुलाई भोलि काठमाडौं पठाइने

    काठमाडौं । यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका र पोखरामा पहिचान गर्न कठिन भएका शव काठमाडौं पठाइने भएको छ ।

    शव लिनका लागि काठमाडौंबाट हेलिकप्टर पोखरा आइपुगेको छ । तर सोमबार नभ्याइने भएकाले काठमाडौं पठाइने शव मंगलबार मात्र पठाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीले जानकारी दिनुभयो ।

    पहिचान भएका शवहरुको पोखरामै पोस्टमार्टम गरिएको छ र त्यहीँबाट आफन्तलाई जिम्मा लगाउने तयारी छ । तर पोस्टमार्टम गरेर आफन्तलाई आजै शव दिन कठिन भएको निर्देशक खत्रीले बताउनुभयो।

    अस्पतालका अनुसार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका चिकित्सकको नेतृत्वमा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्थाका फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ ।

    दुर्घटनामा भेटिएका ६९ शवमध्ये २६ जनाको मात्र सनाखतन भएको छ । सनाखत भएको सग्लो शरीरसहितको शवको पोस्टमार्टम पोखरामै भइरहेको छ ।

    कतिपय शवको परिचय पत्रका आधारमा सनाखत भएपनि थप सनाखत गर्नुपर्ने देखिएकाले डीएनए परीक्षणको लागि काठमाडौ लैजानुपर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।


    सोमवार, माघ २ २०७९०५:१०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij