Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विमान दुर्घटना जाँचवुझ आयोगले आजदेखी काम सुरु गर्‍यो

विमान दुर्घटना जाँचवुझ आयोगले आजदेखी काम सुरु गर्‍यो

  • सोमवार, माघ २ २०७९

  • 387
    SHARES

  • विमान दुर्घटना जाँचवुझ आयोगले आजदेखी काम सुरु गर्‍यो

    काठमाडौं ।पोखरामा हिजो भएको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ।दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ।

    क्यान प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहान भेटिएको विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिने विमानको ‘ब्ल्याक बक्स’ आयोगलाई बुझाइसकिएको छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’र ‘ककपिट भ्वाइस रेकर्ड’हुन्छ।

    सरकारले हिजो दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो।

    आयोगको सदस्यमा हवाई विज्ञद्वय अवकाशप्राप्त उपरथी दीपकप्रकाश बास्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन्। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने आयोगको सदस्यसचिवमा हुनुहुन्छ।

    दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो। आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ।

    आयोगले दुर्घटनाका कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली,२०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।


    सोमवार, माघ २ २०७९०२:३१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij