काठमाडौं ।राष्ट्रिय ट्रमा सेन्टरमा आज आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
आज ट्रमा सेन्टरले एक सुचना जारी गर्दै हिजो पोखरामा भएको यति एयरलाइन्स दुर्घटनामा परी मृत्यु भएका ३८ वर्षीय अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र श्रीमती डा. सोना दिवारकसहित १० महिनाको छोरोका निधनको शोकमा आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सी बाहेक सबै सेवा बन्द गरेको जनाएको छ ।
हिजो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान उपकुलपति स्तरीय निर्णयले निधन भएकाको सम्झनामा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको हो। श्रेष्ठ दम्पत्ति आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए ।
सुचनामा ‘दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली साथ परिवार जनप्रति हार्दिक समवेदाना अर्पण समेत गर्दै उहाँको सम्झनामा आज आकस्मिक बाहेकका सबै सेवा बन्द गरिनेछ,’ भनिएको छ ।डा. श्रेष्ठ काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका र स्पाइन सर्जरीसम्बन्धी फेलोसिपमा सिंगापुर जाने तयारीमा रहेको अस्पतालले जनाएको छ ।