Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

फरेन्सिक विज्ञको टोलीले पोखरा पुगेर पोस्टमार्टमको काम सुरु गरे

फरेन्सिक विज्ञको टोलीले पोखरा पुगेर पोस्टमार्टमको काम सुरु गरे

  • सोमवार, माघ २ २०७९

  • 242
    SHARES

  • फरेन्सिक विज्ञको टोलीले पोखरा पुगेर पोस्टमार्टमको काम सुरु गरे

    काठमाडौं । पोखरा विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट गएका विज्ञहरुले काम सुरु गरेका छन् । काठमाडौंबाट केहिबेर अगाडी पोखरा पुगेका त्रिवि शिक्षण अस्पतालका २ जना फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका हुन् ।

    दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सहितको टिम बनाइएको र टिमले काम थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिनुभयो ।

    खत्रीका अनुसार पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी छ । दुर्घटनास्थलबाट निकालिएको शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ ।


    सोमवार, माघ २ २०७९०२:०६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij