Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

शव पहिचानका लागि २ विज्ञ पोखरा जाँदै

शव पहिचानका लागि २ विज्ञ पोखरा जाँदै

  • सोमवार, माघ २ २०७९

  • 262
    SHARES

  • शव पहिचानका लागि २ विज्ञ पोखरा जाँदै

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञलाई पोखरा पठाइने भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाललाइ पोखरा पठाउन थालिएको हो ।

    यस्तै, दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि विज्ञ चिकित्सक समेटिएको राष्ट्रिय टिम बनाइने भएको छ । पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सहितको टिम बनाउन लागिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिनुभयो ।

    नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ । चार जनाको शवको खोजी भइरहेको छ। दुर्घटनास्थलबाट निकालिएको शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ ।


    सोमवार, माघ २ २०७९०१:४३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij