Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images
पोखरा विमान दुर्घटना

पोखरा विमान दुर्घटनामा गायिका नीरा छन्त्यालको निधन

पोखरा विमान दुर्घटनामा गायिका नीरा छन्त्यालको निधन

  • आइतवार, माघ १ २०७९

  • 701
    SHARES

  • पोखरा विमान दुर्घटनामा गायिका नीरा छन्त्यालको निधन

    काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि निधन भएको छ ।

    माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गर्नुभएकी उहाँको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गर्नुभयो ।

    पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना पोस्ट गर्नुभएको थियो । त्यसअघिको अर्को स्टाटसमा उहाँले ‘भोलि पोखरामा रमाइलो गर्नुपर्छ’ भन्दै लेख्नुभएको थियो ।

    नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा पुरुष तथा महिला भलिबल प्रतियोगता गर्ने कार्यक्रम थियो । त्यस अवसरमा नीराले सांगीतिक प्रस्तुति दिने तयारी थियो । विमान दुर्घनापछि कार्यक्रम रोकिएको नेपाल छन्त्याल युवा संघ कास्कीका सचिव नवीन घर्ती छन्त्यालले बताउनुभयो ।

    नीरा लाइभ दोहोरीमा चलेकी कलाकार हुन् ।

    आइतबार (आज) बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा त्यसमा सवार ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये हालसम्म ११ जनाको सनाखत भएको छ । विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।


    आइतवार, माघ १ २०७९०५:३२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij