Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान स्थगित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान स्थगित

  • आइतवार, माघ १ २०७९

  • 330
    SHARES

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान स्थगित
    काठमाडौं ।  आइतबार(आज) बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिनुभयो ।
     
    विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
     
    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अवतरणको अनुमति लिएको जानकारी दिनुभयो । ‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ,’ उहाँले भन्नुभयो, ‘यो विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ।


    आइतवार, माघ १ २०७९०३:२०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij